Logo

प्रमुख समाचार

उपनिर्वाचन : आजदेखि मतदाता नामावली अद्यावधिक



काठमाडौं- उपनिर्वाचन कार्यतालिका अनुसार आजदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ। आउँदो चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।

निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचनको कार्यतालिका अनुसार वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभातर्फ बझाङ–१ ‘क’मा हुने निर्वाचनका निम्ति कार्यतालिका स्वीकृत गरिएको छ।

दल दर्ताका निम्ति फागुन २४ देखि ३० गतेसम्मको म्याद दिई सूचना प्रकाशन गरिने सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिएका छन्।

चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ।

चैत २४ देखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिनेछ। चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिनेछ। चैत २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ।

प्रकाशित मिति : फाल्गुन १६, २०८० बुधबार  ९ : १३ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।