काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय समिति बैठक बुधबार बस्ने भएको छ ।
दुजाङ शेर्पाको अध्यक्षतामा तदर्थ समिति गठन भएपछि पहिलो पटक मंगलबार नेपाल प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक बसेको थियो ।
बुधबार पनि बैठक जारी रहने नेविसंघले जनाएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा बुधबार दिउँसो १ बजेदेखि केन्द्रीय समिति बैठक सुरू हुनेछ । बैठकमा छलफलका लागि १२औं महाधिवेशन मिति तय र कार्यतालिकासहित १५ एजेन्डा छन् ।





















प्रतिक्रिया