Logo

प्रमुख समाचार

माओवादीको कार्य विभाजनप्रति असहमति जनाउँदै जनार्दन शर्माको फरक मत



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले माओवादी स्थायी कमिटी बैठकमा फरक मत राखेका छन् । नेताहरूको कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै शर्माले फरक मत राखेको जनाएका छन् ।

विधान अधिवेशनमा आफूले पदाधिकारीको निर्वाचनबारे वकालत गरेकाले कार्य विभाजनमा नसमेटेको भन्दै शर्माले बैठकमा फरक मत राखेका हुन् । फागुनको पहिलो साता भएको विधानको ह्याङओभरलाई लिएर कार्यविभाजप्रति असन्तुष्टि जनाउँदै बैठकमा असहमति राखेको बताए । अधिवेशनमा अध्यक्षसहित सबै पदाधिकारी पनि निर्वाचित भएर आउनुपर्ने प्रस्ताव राखेका थिए ।

‘मैले निर्णयहरूमा केही असहमतिहरू दर्ज गरेको छु । कार्य विभाजन पार्टी निर्माणलाई ध्यानमा राखेर गरिएन । विधान अधिवेशनको ह्याङओभरलाई ध्यानमा राखेर गरियो’, शर्माले भने, ‘विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने मलगायतलाई जिम्मेवारी विहीन बनाएको अवस्था र सुदूर पश्चिममा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सहइन्चार्ज बनाएको लगायतका मुद्दा र त्यहाँको दलसम्बन्धी विवादमा सन्तुलित नभएको भनेर मैले असहमति राखेको छु ।’

 

प्रकाशित मिति : फाल्गुन १६, २०८० बुधबार  ११ : ५१ बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।