काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजको प्रतिनिधिसभा बैठक अवरोध गर्ने तयारी गरेको छ । मिटरब्याज पीडितको माग सरकारले सम्बोधन नगरेकोले बैठक अवरोध गर्न लागिएको सो पार्टीले जनाएको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गत १४ फागुनकै संसद् बैठकमा मिटरब्याज पीडितहरुको माग सम्बोधन नगरे आजको संसद् अवरोध गर्ने जानकारी दिएका थिए ।
नेताहरुका अनुसार, त्यही जानकारी बमोजिम आजको संसद् बैठक अवरोध गर्ने तयारी चलिरहेको छ । संसद् बैठक आज ११ बजे बस्दैछ ।




















प्रतिक्रिया