काठमाडौं । विकसित राजनीतिक घटनाक्रमपछि प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक स्थगित हुने भएको छ ।
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक स्थगितका लागि मौखिक जानकारी आएकाले केही समयमा स्थगितबारे सूचना निकाल्ने बताइएको छ ।
प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेका लागि तय भएको थियो भने प्रधानमन्त्री प्रचण्डले संसदलाई सम्बोधन गर्ने कार्यसूची थियो ।
प्रतिक्रिया