Logo

प्रमुख समाचार

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतलनिवासमा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही बेरअघि शीतलनिवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्न उनी शीतलनिवास गएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका छन् । स्रोतका अनुसार नयाँ गठबन्धनसँगै आजै सानो आकारको नयाँ मन्त्रिपरिषद् गठनको तयारी गरेको छ । सोही विषयमा छलफल गर्न प्रधानमन्त्री शीतलनिवास गएका हुन् ।

प्रकाशित मिति : फाल्गुन २१, २०८० सोमबार  १२ : २० बजे

258
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।