काठमाडौं । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले आज शपथ लिएका छन् ।
संघीय संसद भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।
०७४ मा निर्वाचित भएका १९ जना र राष्ट्रपतिबाट मनोनित एक गरी २० जना ६ वर्षे पदावधि पूरा गरि २० फागुनबाट विदा भएका छन् ।
१९ सिटका लागि ११ माघमा निर्वाचन भएको थियो । निर्वाचित सदस्यलाई आज सपथ गराइएको हो । नवनिर्वाचित सदस्यहरूले बैठकमा सहभागी भएर पदबहाली गर्नेछन्। एकजना राष्ट्रपतिबाट मनोनित हुनेछन् ।
यी हुन् शपथ लिएका नवनिर्वाचित सदस्यहरू
रुकमिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाय, रेनु चन्द, नारायणदत्ता भट्ट र बलदेव बोहरा ।
प्रतिक्रिया