काठमाडौं । बदलिएको राजनीतिक परिस्थितिको विश्लेषण गरी पार्टीको धारणा तय गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ ।
मंगलबार अपराह्न ३ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए ।
यसअघि आज बिहान बसेको पार्टीका पूर्व र वर्तमान पदाधिकारीहरूको बैठकमा सत्ता गठबन्धन फेरबदलबारे छलफल भएको थियो ।
प्रतिक्रिया