Logo

प्रमुख समाचार

गठबन्धनमा सहभागी हुने दल निश्चित भएपछि मात्रै मन्त्रालय बाँडफाँट गरिने



काठमाडौं- नव निर्मित सत्ता गठबन्धनले गठबन्धनमा सहभागी हुने दल निश्चित भएपछिमात्र मन्त्रालय बाँडफाँड गर्ने भएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ गठबन्धनमा सामेल हुने दलहरूको संख्या नटुंगिएकाले तत्कालै मन्त्रालय बाँडफाँड नहुने जनाएका छन्।

सत्ता साझेदार ४ दलको ८ बुँदे सहमति सार्वजनिक गरेपछि पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले नयाँ गठबन्धनमा सहमति जनाउने अन्य दलसँग कुरा गरेरमात्रै मन्त्रिपरिषद पूर्णता दिइने बताए।

कुन–कुन दल सामेल हुने भन्ने निश्चित नभएकाले अहिले मन्त्रालय बाँडफाँड नहुने उनको भनाइ छ। प्रधानमन्त्रीले सत्ता गठबन्धनका लागि नेकपा एस, लोसपा, नाउपासँग संवाद गरिरहेको उनले प्रस्ट पारे।

नेता पोखरेलले यसअघिको गठबन्धनबाट सरकारले चाहे जसरी डेलिभरी दिन नसकेर नयाँ गठबन्धन बनाउनुपरेको बताए।

 

प्रकाशित मिति : फाल्गुन २२, २०८० मंगलबार  ६ : ५२ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।