काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित भएका छन् । बर्तौला यसअघि सचेतक रहेका थिए ।
प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि एमाले संसदीय दलका नेता समेत रहेका केपी शर्मा ओलीले मंगलबार बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरेका हुन् ।
यस्तै सचेतकमा सुनिता बराल नियुक्त भएकी छन् । बर्तौला मकवानपुर २ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई पराजित गरेर निर्वाचित भएका हुन् । त्यस्तै सुनिता बराल समानुपातिक सांसद हुन् ।
एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले उनीहरूलाई नियुक्त गरेका एमाले स्रोतले जनाएको छ ।
प्रतिक्रिया