काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने पार्टी सचिव जीवनराम श्रेष्ठ जानकारी दिए।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए। जवाफमा नेपालले सल्लाह गर्ने बताएका थिए।
प्रचण्डको प्रस्ताव, सरकारमा सहभागीताबारे छलफल गर्न बैठक बोलाइएको हो।
‘हामी वेट एन्ड सी मै छौँ। घटनाक्रम हेर्दै छौँ गुण र दोषको आधारमा समर्थन वा विरोध गर्छौं। भोलि निर्णय हुन्छ,’ श्रेष्ठले भनेका थिए।
यसैबीच, मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीसहितको बैठकमा एकीकृत समाजवादी सरकारमा जान सकारात्मक रहेको जनाएको थियो। यसबारे समाजवादीको आजको बैठकले निर्णय गर्नेछ।




















प्रतिक्रिया