Logo

प्रमुख समाचार

हराएको प्रधानमन्त्री भेटिएकोमा बधाई भन्दै रामहरि खतिवडाले गरे व्यङ्ग्य



काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले हराएको प्रधानमन्त्री भेटिएको बताएका छन् । आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले हराएको प्रधानमन्त्री भेट्ने अवसर पाएकोमा बधाई दिए ।

उनले सरकारलाई जनताले पनि भेटोस्, सहकारी पीडितले न्याय पाउन् भन्ने कामना गरे । मिटरब्याजी र लघुवित्त पीडितले न्याय पाउन् भन्ने कामना समेत उनले गरे ।

उनले भने, ‘सभामुख महोदय, सर्वप्रथम हराएको प्रधानमन्त्री भेट्ने अवसर प्राप्त गर्नुभयो । हराएको प्रधानमन्त्री भेटेको हार्दिक बधाई दिन चाहन्छु । अब सरकारलाई जनताले पनि भेटोस्, सहकारी पीडितहरूले न्याय पाउन, सरकारी ठगहरूले कारबाही पाउन । उपप्रधानमन्त्रीको लस्कर हेर्दा पहिलो लहर भरिएकै छ, अझ उपप्रधानमन्त्री तलसम्म आउने अवसर प्राप्त होस शुभकामना ।’

प्रकाशित मिति : फाल्गुन २४, २०८० बिहीबार  १२ : ५५ बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।