Logo

राजनीति

यो सरकारलाई काँध फेर्ने छुट छैन : महेश बर्तौला



काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारलाई काँध फेर्ने छुट नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले एमालेसहितको सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सुझाव दिए ।

‘यो सरकारले विकास सुशासन समृद्धि र सामाजिक न्यायलाई ध्यय बनाएर काम गर्नुपर्छ । यो सरकारलाई लुलो हुने छुट छैन । यो सरकारलाई कमजोर हुने असफल हुने छुट छैन,’ उनले भने ।

काम गर्दै जाँदा काँध गल्यो भनेर काँध फेर्ने छुट समेत सरकारलाई नरहेको उनले बताए । ‘यो सरकारले समग्र देशको पक्षमा काम गर्नुपर्छ । हिँड्दाहिँड्दै काँध गल्यो भने पनि काँध फेर्ने छुट यो सरकारलाई छैन । हिँड्दाहिँड्दै आफ्नै भारीले थिचिने त्यो वातावरण बनाउने अवस्था पनि यो सरकारलाई छैन । हिँड्दै हिँड्दै फतक्कै आफैँ गलेर कुहिने अवस्था पनि आउँदैन ।’

बर्तौलाले यतिबेला नेकपा एमाले सहितको सहभागितामा नयाँ सरकार बनेको भन्दै आफूहरूको आसनहरू परिवर्तन भएको बताए । सोही क्रममा आफ्ना भूमिकाहरू फेरिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार १२:३९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।