Logo

प्रमुख समाचार

यस्तो रहेछ राप्रपा बैठकपछि कुटाकुट हुनुको कारण



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्ष बाहिर पार्टीको कार्यसम्पादन समितिका ठाकुरमोहन श्रेष्ठ कुटिएका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक हलबाट बाहिर निस्कँदै गर्दा श्रेष्ठमाथि आइतबार बिहान आक्रमण भएको हाे ।

आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेता श्रेष्ठमाथि कुटपिट भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्ष बाहिर श्रेष्ठमाथि आक्रमण भएको थियो । बैठकमा नेता श्रेष्ठले अर्का नेता विक्रम पाण्डेलाई भ्रष्टाचारी भएको आरोप समेत लगाएका थिए । त्यसपछि दुई पक्षबीच भनाभन समेत भएको थियो । बैठक स्थगित भएर बाहिर निस्कँदै गर्दा नेता श्रेष्ठमाथि आक्रमण भएको हो ।

प्रकाशित मिति : फाल्गुन २७, २०८० आईतबार  १ : ०८ बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।