काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।
सोमबार दिउँसो १२ बजे पार्टी मुख्यालय बालाजुमा बैठक बस्ने तयारी भएको पार्टीका एक नेताले जानकारी दिए।
ती नेताका अनुसार आजको बैठकमा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको तयारीका विषयमा छलफल गर्ने तयारी रहेको छ।
वैशाख १५ मा प्रतिनिधिसभाको इलाम- २ र प्रदेश सभाको बझाङ- १ मा आगामी उपनिर्वाचन हुँदैछ।
चार वटा मन्त्रालयसहित नयाँ गठबन्धनको सरकारमा सहभागी भएकको रास्वपा इलाम- २ मा चुनावको तयारीबारे छलफल चलाइरहेको छ।
यता, गत प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका सुवासचन्द्र नेम्वाङका पुत्र सुहाङ पनि सोही क्षेत्रबाट उम्मेदवारी दिने दाउमा छन्।
बुवाको क्षेत्रबाट उम्मेदवारी दिनका लागि सुहाङले आइतबार पार्टीमा निवेदन दिएका छन्।
एमालेको इलाम जिल्ला कमिटीका अनुसार सो क्षेत्रमा हालसम्म उम्मेदवार बन्नका लागि सुहाङसहित चार जनाले निवेदन दिएका छन्।




















प्रतिक्रिया