Logo

प्रमुख समाचार

सुदूरपश्चिममा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर पनि मन्त्री बन्दै



धनगढी । सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अर्का सांसद पनि मन्त्री बन्ने भएका छन् ।

मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका लक्ष्मणकिशोर श्रेष्ठलाई सामाजिक विकास मन्त्री नियुक्त गर्न लागेका हुन् ।

नाउपा अध्यक्ष रञ्जिता चौधरी निकट उनको आजै साँझ शपथ हुने प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयाको शपथ लिने तय भएको स्रोतले बताएको छ ।

मुख्यमन्त्री शाहले यसअघि शुक्रबार नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुशीराम चौधरीलाई विना विभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गरेका थिए ।

नाउपाबाट रामेश्वर चौधरी यसअघि नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् । लक्ष्मणकिशोर चौधरी मन्त्री बनेपछि सुदूरपश्चिम सरकारमा नाउपाका मन्त्रीको संख्या ५ पुग्नेछ ।

२१ फागुनमा केन्द्रमा एमाले-माओवादीसहितको गठबन्धन सरकार बनेपछि मुख्यमन्त्री शाहले माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त गरे भने त्यसको केही दिनमा एकीकृत समाजवादीले पनि सरकार छाडेको छ ।

मुख्यमन्त्री शाहले स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशी र राप्रपाकी खेमादेवी बिष्टलाई पनि मन्त्री नियुक्त गर्ने तयारी गरेका थिए, तर राप्रपाले केन्द्रको निर्णय पर्खिने बताएपछि स्वतन्त्र सांसद जोशी पनि तत्काल सरकारमा गएका छैनन् । जोशी भने सरकारमा जान सकारात्मक रहेको कांग्रेस नेताहरु बताउँछन् ।

प्रकाशित मिति : फाल्गुन २८, २०८० सोमबार  ४ : १० बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।