काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
बुधवार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदै छन् ।
संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले भने, ‘हामीले हिजोको दिनमा प्रधानमन्त्रीसँग जुन सम्झौता गरेका छौँ । जुन विषयहरु बाहिर पनि आइसकेका छन् । त्यो विषयमा सहमति भएको छ । त्यसको कार्यान्वयन गर्न हामी इच्छुक छौँ । तर आज त्यो सबै सहमति कार्यान्वयन हुनेगरी विश्वासको मत दिने निर्णय गरेका छौं ।’
सत्ता साझेदारीका विषयमा एकीकृत समाजवादीले एमाले, माओवादी लगायत दलहरुसँग लिखित सहमति गरेको थियो ।
प्रतिक्रिया