Logo

राजनीति

साना दल सत्ताको सहारा मात्र नभएर नेपाली जनताको भरोसा हुन् : रञ्जिता श्रेष्ठ



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जिता श्रेष्ठले साना राजनीतिक दलहरू सत्ताको सहारा मात्र नभएर नेपाली जनताको ठुलो भरोसा भएको बताएकी छन् । उनले साना राजनीतिक दलहरूलाई जनताको भरोसा हुन् भन्ने बुझ्न पनि प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएकी छन् ।

बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो बताएकी हुन् ।

‘साना राजनीतिक दलहरू सत्ताको सहारा मात्र नभएर नेपाली जनताको ठुलो भरोसा हुन्’, उनले विश्वासको मत रहेको बताउँदै भनिन्, ‘हामी साना दल भनेर सबैलाई थाहा छ । चार सिटको पार्टीले पनि विश्वासको मत दिइरहेको छ । यो कुरा प्रधानमन्त्रीले महसुस गर्नुहुनेछ ।’

प्रकाशित मिति : फाल्गुन ३०, २०८० बुधबार  २ : ४१ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।