Logo

प्रमुख समाचार

उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ दलको निवेदन



काठमाडौं- उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दलले निवेदन दिएका छन्।

निर्वाचन आयाेगले दल दर्ताका लागि आजसम्मकाे समय ताेकेकाे थियाे।

आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईका अनुसार निवेदनमाथि जाँचबुझपछि दर्ताकाे निर्णय गरिनेछ।

उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलले दर्ताकाे निवेदन दिएका छन्।

रास्वपाले भने प्रतिनिधिसभामा मात्रै उमेदवारी दिएकाले प्रदेशतर्फ १९ निवेदन परेकाे हाे। इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ काे ‘क’ मा उपनिर्वाचन हुँदै छ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार ०७:४८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।