Logo

राजनीति

राप्रपा नेपालले आज काठमाडौंमा आज जनप्रदर्शन गर्ने



काठमाडौं- राप्रपा नेपालले राजधानी काठमाडौंमा आज जनप्रदर्शन गर्दैछ।

हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनालगायतका माग राख्दै राप्रपा नेपालले प्रदर्शन गर्न लागेको हो। दिउँसो साढे १ बजे काठमाडौंको भद्रकाली मन्दिर परिसरमा बृहत जनप्रदर्शन कार्यक्रम राखिएको उपाध्यक्ष तारानाथ लुइटेलले बताए।

गणतन्त्रको अन्त्य, हिन्दुराष्ट्र र राजासंस्था पुनःस्थापना, प्रदेश संरचना खारेजी र मिटरब्याज, लघुवित्त र सहकारीपीडितका समस्या समाधानका लागि दबाब दिन प्रदर्शन गर्न लागिएको राप्रपा नेपालले जनाएको छ।

 

प्रकाशित मिति : चैत्र १, २०८० बिहीबार  ९ : ०६ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।