Logo

विविध

दैनिक सात घण्टा भन्दा कम सुत्ने मानिसमा मुटुरोगको सम्भावना !



जो–सुकै मानिसहरु दैनिक ७ घण्टा सुत्दैनन् भने, उनीहरुले आफ्नो मुटुमा समस्या बढाइरहेका हुन्छन् । एक अध्ययनका अनुसार जो ब्यक्ति दैनिक सात घण्टा सुत्दैनन्, उनीहरुमा मुटुरोग (सीवीडी) र कोरोनरी हृदयरोग विकसित हुने खतरा बढिरहेको हुन्छ ।

पत्रिका एक्सपेरिमेन्टल फिजियोलोजीमा प्रकाशित निष्कर्षका अनुसार जुन मानिस दैनिक सात घण्टा निदाउँदैनन्, उनीहरुको शरीरमा तीन नियम तथा माइक्रो आरएनएको रक्त सञ्चार स्तर निम्न हुन्छ । माइक्रोआरएनएले ब्यक्तिलाई स्वास्थ्य राख्नका लागि महत्वपूर्ण भूमिका निभाइरहेको हुन्छ । 

कोलोराडो विश्वविद्यालयको प्रोफेसर क्रिस्टोफर डेसुजाले भने, ‘यस अनुसन्धानले एक नयाँ सम्भावित तन्त्रलाई इशारा गर्छ, जस अनुसार निद्राले मुटुको स्वास्थ्य र समग्र शरीर क्रिया विज्ञानलाई प्रभावित गर्छ । यस अनुसन्धानमा ४४ देखि ६२ वर्ष उमेर समूहका महिला तथा पुरुषहरुलाई समावेश गरिएको थियो । उनीहरुको लागि निद्रा सम्बन्धी र आदतको बारेमा प्रश्नहरु बनाइएको थियो ।

जसमध्ये आधा साढे आठ घण्टा सुत्ने गरेका पाइयो भने आधा पाँच देखि साढे ६ घण्टा मात्रै सुत्ने गरेको पाइयो । जहाँ पाँच देखि साढे ६ घण्टा मात्रै सुत्ने मानिसहरुमा एमआईआर-१२५ए, एमआईआर-१२६, र एमआईआर-१४ए को मात्रा पर्याप्त सुत्ने मानिसहरुको तुलनामा ४० से ६० प्रतिशत कम थियो । एजेन्सी 

प्रकाशित मिति : कार्तिक १९, २०७७ बुधबार  ३ : २३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।