Logo

राजनीति

इलाम-२ बाट मिलन लिम्बूको स्वतन्त्र उम्मेदवारी घोषणा



काठमाडौं । मिलन लिम्बुले प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम-२ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले इलाम-२ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न लागेको घोषणा गरेका हुन् । इलाम-२ मा १५ वैशाखमा उपनिर्वाचन हुँदैछ ।

सो क्षेत्रबाट निर्वाचित संविधानसभाका अध्यक्ष सुबास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

व्यवस्था परिवर्तन भए पनि राजनीतिक दलहरुको गैरजिम्मेवारीपनले गर्दा नागरिकको अवस्था परिवर्तन नभएको बताउँदै लिम्बूले भने, ‘राजनीतिक दलहरुले नेपाली नागरिकसामू गरेका बाचाहरुलाई पूरा गर्नु त कहाँ हो कहाँ उनीहरु आफैलाई सर्वोपरी ठान्दै सत्ता लिप्सामा लिन हुन पुगे ।’

विकास र समृद्धिको आशामा राजनीतिक दलका उम्मेदवारलाई बारम्बार जिताएर पठाए पनि उनीहरूले सधैँ जनताको मतको दुरुपयोग गरेको उम्मेदवार लिम्बुको आरोप छ ।

 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १३:३९   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।