Logo

अर्थ

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुर्खेतमा आयोजित साधारण सभामा सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले मन्तव्य सहित कम्पनीको वार्षिक प्रतिवेदन पेस गरेकामा सभाले सर्वसम्मत पारित गरेको छ ।

उक्त सभाबाट सर्वसाधारणलाई कम्पनीको साधारण शेयर निष्कासन गर्ने तथा सो कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै सभामा संस्थापक समूहबाट ऋषिराज मोर, मृदुला सरिया, रोहित करण वैध र विदुर पुरी कम्पनीको सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।

साथै यसअघि नै स्वतन्त्र सञ्चालकमा पवित्र लाल चुकेलाई नियुक्त गरिएको छ । सभाले आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आ.व. २०८०/०८१ को लागि बाह्य लेखापरीक्षकको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ ।

सभाले सर्वसाधारणलाई साधारण शेयर निष्काशनको क्रममा आवश्यक प्रक्रियागत कार्य गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने, सभाले पारित गरेका प्रस्तावको कारण प्रबन्धपत्र तथा नियमावलीमा संसोधन आवश्यक भएमा संसोधन गर्न तथा नियमनकारी निकायबाट कुनै थप संशोधन, फेरबदल गर्न वा थपघट गर्न निर्देशन प्राप्त भएमा सोही बमोमिज गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने, सर्वसाधारणको लागि साधारण शेयर निष्काशन पश्चात प्राप्त पूँजीको उपयोग गर्ने लगायतका विविध प्रस्ताव पारित गरेको छ ।

 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १४:२९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।