Logo

राजनीति

ठाकुरमोहनमाथि कुटपिट गर्ने सहायक महामन्त्रीसहित तीन जना निलम्बित



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि कुटपिटमा संलग्न तीन जनालाई निलम्बन गरेका छन् ।

निलम्बित हुनेमा पार्टीका सहायकमहामन्त्री प्रेम बलायरसहित काठमाडौं ४ का अध्यक्ष ऋद्धिप्रताप राणा र युवा संगठनका सदस्यसचिव निराजन बम रहेका छन् ।

राप्रपाको गत साता काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकमा नेता श्रेष्ठमाथि कुटपिट भएको थियो । घटनापछि राप्रपाले छानबिन समित गठन गरेको थियो । सो छानबिन समितिले दिएको सुझावका आधारमा पार्टीका सहमहामन्त्री प्रेम बलायरसहित तीन जना निलम्बित भएका हुन् ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १५:५८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।