पोखरा । गण्डकीमा प्रदेशसभा सदस्य दीपक मनाङेले मन्त्री पदको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार शपथ खुवाएका हुन् । उनी गण्डकीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्री नियुक्त गरेका थिए । चुनाव जितेपछि एकीकृत समाजवादीमा प्रवेश गरेका मनाङेले सोमबार मात्र पार्टी छाडेको घोषणा गरेका थिए ।




















प्रतिक्रिया