विस्व चर्चित एप्स फेसबुकले हालै म्यासेन्जरमा नयाँ सुधार गरेको छ । यसमध्ये एउटा थेम हो, जसले तपाईंको प्रत्येक म्यासेन्जर च्याटको ब्याकग्राउण्ड र इमोजीलाई परिवर्तन सजिलै गरिदिन्छ ।
म्यासेन्जर च्याटमा थुप्रै थेमहरू छन्, जसले च्याटको पृष्ठभूमि, रङ्ग र सिग्नेचर इमोजीलाई परिवर्तन गरिदिन्छ । आफुले कुरा गरिरहेको व्यक्तिको नाममा ट्याप गरेपछि थेम परिवर्तन गर्न सकिने अप्सनहरु पाउनुहुन्छ ।
यदि तपाईं पहिलाको थेमसँग सन्तुष्ट हुनुहुन्न र आफ्नो विशेष च्याटलाई अझ धेरै विशेष बनाउन चाहनुहुन्छ भने तपाईंलाई अतिरिक्त प्रयासको आवश्यकता पर्दछ । आफ्नो विशेष च्याटलाई कस्टमाइज गर्न त्यसको नाममा ट्याप गर्नुहोस् । यति गरेपछि अप्सन देखा पर्दछ । तपाईंले यसमा कुराकानीलाई गोप्य बनाउन सक्नुहुन्छ । तपाईंले आदान-प्रदान गरेका सम्पूर्ण तस्वीर तथा भिडियोलाई हेर्न सक्नुहुन्छ । यी सबै अप्सनहरुको अग्रभागमा तपाईंले थेम अप्सन देख्नुहुनेछ ।
त्यहाँ ट्याप गरेपछि अन्य विभिन्न अप्सनहरु देख्नुहुनेछ । त्यहाँ प्राइड थेमदेखि कलर ग्रेडियन्ट्स सम्म देख्न सक्नुहुन्छ ।यदि थेम परिवर्तन सँगै तपाईंको इमोजी पनि सँगै परिवर्तन हुन्छ, तर तपाईंले इमोजीलाई कस्टमाइज गर्न सक्नुहुन्छ । तपाईंले जब यी थेम र इमोजीलाई परिवर्तन गर्नुहुन्छ, तब परिवर्तित अर्को व्यक्तिले पनि त्यसको नोटिफिकेसन पाउनेछन् ।





















प्रतिक्रिया