काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वसभामुख कृष्णबहादुर महराको पक्राउमाथि आशंका गरेका छन् । पार्टी बैठकका निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सबैमाथि छानबिन गरेर कारबाही गर्नसक्ने उच्चस्तरीय अंग बन्नुपर्ने बताए ।
साना माछा, ठूला माछा भन्ने पनि रहेको भन्दै भट्टराईले ठूला माछा संरक्षणका लागि साना माछा फसाइएको पनि हुन सक्ने आशंका गरे ।
‘मलाई सम्झना आउँछ । पञ्चायतकालमा एकचोटी राजाका एडीसी र तत्कालीन प्रहरी प्रमुख नै समातिएका थिए। म पत्रकारितामा पनि रुचि राख्थेँ। त्यतिबेला राजेश्वर देवकोटा भन्ने पञ्चायतका ठूलै नेता हुनुहुन्थ्यो। उहाँको अन्तर्वार्ता लिन जाँदा त्यस घटनाबारे भन्नुभएको थियो- बाबु, आफूले पालेको खसी काट्नु कुन ठूलो कुरा हो? राजाको शासनकालमा त्योभन्दा धेरै बोल्नुभएन। अहिले यी सबै प्रकरणमा पनि आफैंले पालेको खसी काटेर चोखिन खोजेको त होइनन् भन्ने आशंका जनतामा जन्मिएको छ’, उनले भने ।




















प्रतिक्रिया