Logo

प्रमुख समाचार

एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने



काठमाडौं । आगामी बैशाख १५ गते हुने इलाम र बझाङमा हुने उपनिर्वाचनमा एकीकृत समाजवादीले उम्मेदवारी दिने निश्चित भएको छ ।

प्रतिनिधिसभाअन्तर्गत इलाम २ मा जीतबहादुर राई र बझाङको प्रदेशसभातर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको उपाध्यक्ष जयन्ती राईले बताइन् ।

इलाममा एकीकृत समाजवादीले अघि सारेका जितबहादुर २०७४ मा तत्कालीन एमालेबाट माइजोगमाई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए भने २०७९ को स्थानीय निर्वाचनमा उनी तत्कालीन गठबन्धनका साझा उम्मेदवार बनेका थिए । बझाङका सिंह एमालेका जिल्ला अध्यक्ष हुन् । उनी हाल नेकपा एकीकृत समाजवादीको प्रदेश सदस्य रहेका छन् ।

एमाले, माओवादी केन्द्रले पनि आफ्नो उम्मेदवार उठाउने निर्णय गरिसकेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार १२:४६   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।