काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार चयन गरेको छ । आज बसेको संसदीय समितिको बैठकले युवा नेता लक्ष्मी गुरुङलाई उम्मेदवार छनोट गरेको हो ।
गुरुङ राप्रपानिकट विद्यार्थी संगठन राप्रविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । हाल उनी राप्रपा शिक्षा विभागका सदस्य छन् ।
यस क्षेत्रबाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २५ गते राति निधन भएपछि १५ वैशाखमा त्यहाँ उपनिर्वाचन गर्न लागिएको छ । नेकपा एमालेले नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार चयन गरेको छ ।




















प्रतिक्रिया