Logo

राजनीति

माओवादीबाट इलाम २ मा धीरेन्द्र शर्मा उम्मेदवार सिफारिस



इलाम । सत्तारुढ नेकपा माओवादी केन्द्रबाट इलाम-२ मा धीरेन्द्र शर्मा तिमिल्सिना उम्मेदवार सिफारिस भएका छन् । माओवादी केन्द्रको जिल्ला कमिटीले उपनिर्वाचनका लागि उनको एकल नाम प्रदेश कमिटी समक्ष सिफारिश गरेको हो ।

इलाम माओवादी जिल्ला समितिले तिमिल्सिनाको नाम सिफारिस गरेको कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले जानकारी दिए ।

२०७४ सालको चुनावमा उनी क्षेत्र नं. २ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । हाल उनी पार्टीमा केन्द्रीय कमिटी सदस्य छन् ।

इलाम-२ मा नेकपा एमालेले दिवंगत नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । इलाम-२ मा १५ वैशाखमा उपचुनाव हुँदैछ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार १६:४४   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।