काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले संरक्षक रेशम चौधरीले बोलाएको केन्द्रीय समितिको बैठक आधिकारिक नभएको बताएकी छिन्।
मंगलबार श्रेष्ठले सूचना निकाल्दै रेशम पक्षले बोलाएको बैठक आधिकारिक नभएको स्पष्ट गरेकी हुन् ।
टीकापुर महाधिवेशन (जसलाई निर्वाचन आयोगले मान्यता दिएन) बाट महासचिव बनेका गंगाराम चौधरीले सोमबार सूचना निकालेर २३ र २४ चैतमा बैठक आह्वान गरेका छन् । उनले पार्टीको महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले सक्कल नागरिकता र मतदाता परिचयपत्र लिएर आउन भनेका थिए ।
तर मंगलबार रञ्जिता (जसलाई निर्वाचन आयोगले वैधानिकता दिएको छ) ले मंगलबार त्यो बैठक आधिकारिक नभएको बताएकी छन् ।
रेशम पक्षका गंगा चौधरीले २३ र २४ गते बैठक आह्वान गरेका थिए ।




















प्रतिक्रिया