Logo

अर्थ

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा ३५ प्रतिशत लाभांश घोषणा



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७९/८० को नाफाबाट अधिकतम ३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आफ्ना सेयरधनीलाई १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

तत्कालीन सूर्य लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्जर भएर बनेको सूर्यज्योति लाइफ इन्स्यारेन्सको हाल कूल चूक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार एक सय रुपैयाँ रहेको छ । यस बराबर कम्पनीले बोनस सेयरका लागि ४६ करोड ६३ लाख ७५ हजार ६९७ रुपैयाँ ४६ पैसा बराबरको ४६ लाख ६३ हजार ७५७ कित्ता सेयर वितरण गर्नेछ भने नगद लाभांशका लागि १ अर्ब १२ करोड ४५ लाख ७४ हजार ५३७ रुपैयाँ ५४ पैसा खर्च गर्नेछ ।

प्रस्तावित लाभांश नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार १२:००   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।