काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने भएको छ ।
पार्टीले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले जानकारी दिए । गठबन्धनमा उपाध्यक्ष आफूहरूले पाउने सहमति भइसकेको दाहालको भनाई छ ।
राष्ट्रियसभा उपाध्यक्षका लागि २८ चैतमा निर्वाचन हुँदैछ ।




















प्रतिक्रिया