Logo

प्रदेश

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले दिए राजीनामा



काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । विश्वासको मत लिने उद्देश्यसहित आह्वान प्रदेशसभा बैठकमा उनले आफ्नो कार्यकालमा भएका फेहरिस्ता प्रस्तुत गर्दै चौधरीले पदबाट राजीनामा दिएका हुन् ।

केन्द्रमा बनेको नयाँ गठबन्धनअनुसार, प्रदेशमा पनि नेकपा (एमाले), माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक भएपछि मुख्यमन्त्री चौधरीले विश्वासको मत नपाउने पक्कापक्की भएको थियो ।

सरकारमा रहेको नागरिक उन्मुक्ति पार्टीले पनि सरकार छाडेपछि मुख्यमन्त्री चौधरी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । गठबन्धन दलहरुले पनि बिहीबार नै माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार १६:५६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।