Logo

कोशी प्रदेश

कोशीमा माओवादीका तीन जना मन्त्रीले दिए राजीनामा



काठमाडौं । कोशी सरकारमा रहेका माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएका छन् । माओवादी संसदीय दलको बैठकले सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने निर्णय गरेलगत्तै खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री नारायण बुर्जा मगर, पर्यटन वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले राजीनामा दिएका हुन् ।

सोमबार बसेको संसदीय दलको बैठकले मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । केन्द्रको गठबन्धन अनुसार सत्ता गठबन्धनले प्रदेश सरकार गठनको तयारीको लागि कांग्रेस नेतृत्वको सरकारबाट माओवादी बाहिरिएको हो ।

विश्वासको मत फिर्ता लिएको जानकारी आजै प्रदेश प्रमुखलाई गराउने संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार १५:५१   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।