Logo

राजनीति

प्रतिपक्षले संसदमा उठाएको माग सरकारले सम्बोधन गर्नुपर्छ : राजेन्द्र पाण्डे



काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले सहकारीमा ठगी भएको विषयमा छानबिन गरेर पीडितलाई न्याय दिन माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाण्डेले प्रमुख प्रतिपक्षी दलले उठाएको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने माग गर्दै सहकारी पीडितलाई न्याय दिनुपर्ने बताए ।

उनले २०४७ सालदेखि सार्बजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने विषय अहिले उठिरहेको उल्लेख गर्दै एकीकृत समाजवादी यो प्रस्तावको समर्थन गर्ने र यसलाई अगाडी बढाउनुपर्ने बताए ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार १३:०२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।