Logo

प्रमुख समाचार

नाउपा सुदूरपश्चिम संसदीय दलका नेता चौधरीलाई रञ्जिताले गरिन् निलम्बन



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी ३ महिनाका लागि निलम्बनमा परेका छन् ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले यसअघि पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई ३ महिनाका लागि निलम्बन गरेकी हुन् ।

चौधरीलाई निलम्बनका लागि अध्यक्ष श्रेष्ठले शुक्रबार सभामुख भीम भण्डारीलाई पत्र पठाएको नाउपाका नेता तथा टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराले जानकारी दिए । यसअघि अध्यक्ष श्रेष्ठले चौधरीलाई दलको नेताबाट हटाएर कैलाश चौधरीलाई जिम्मेवारी तोकेकी थिइन् ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार १३:३२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।