काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत मागेका छन् ।
शुक्रबार महराले लुम्बिनी प्रदेशसभाबाट विश्वासको मत मागेका हुन् । योग्य देखेर नै आफूलाई मुख्यमन्त्री बनाएको भन्दै उनले वार्षिक क्यालेण्डर बनाएर विकासका योजना तर्जुमा गर्ने बताए । यस्तै दलहरूको सहमितमा छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने बताए ।
विश्वासको मत माग्दै उनले सबैसँग हातेमालो गरेर आफू अगाडि बढ्न चाहेको बताए । महरा एमाले, माओवादी केन्द्र, नाउपा, जसपा, एकीकृत समाजावादी दलको समर्थनमा चैत १३ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।





















प्रतिक्रिया