Logo

प्रमुख समाचार

लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत



काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले ४८ सांसदको मत पाएका हुन्  ।

मुख्यमन्त्री महरालाई नेकपा एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थन पाएका हुन् ।

शुक्रबारको लुम्बिनी प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बसेको थियो भने लोकतान्त्रिक समाजवादी पार्टीका सांसद् अनुपस्थित थिए । दुवै पार्टीसँग ३, ३ जना सांसद छन् ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छन् । माओवादी केन्द्रका संसदीय दलका नेता महरा ४८ जनाको समर्थनमा चैत २३ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

 

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार १६:०८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।