Logo

गण्डकी प्रदेश

गण्डकीमा प्रदेशसभा अधिवेशन आह्वान



काठमाडौं । गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान भएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आगामी वैशाख ७ गतेदेखि प्रदेश अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश सभाको नियमित अधिवेशनअन्तर्गत आह्वान गरिएको बैठक ७ गते दिउँसो ३ बजेका लागि बोलाइएको छ । सोही दिन प्रदेश प्रमुख खगराज अधिकारीले प्रदेश सभाबाट विश्वासको मत लिने प्रस्ताव पेश गर्ने बताइएको छ ।

गण्डकी प्रदेश मन्त्रिपरिषद्ले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई विशेष अधिवेशन डाक्न सिफारिस गरेलगत्तै मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार १४:३१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।