Logo

प्रदेश

सुदूरपश्चिममा सोडरीलाई मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिमको मुख्यमन्त्रीका दीर्घबहादुर सोडारीलाई अगाडि बढाउने निर्णय गरेको छ ।

बुधबार बसेको सचिवालय बैठकले दल नेता सोडारीको नेतृत्वमा सरकार गठन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । सत्ता गठबन्धनमा संकट आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन तयार भएका थिए ।

केन्द्रीय सत्ता गठबन्धन फेरिएपछि कांग्रेस नेतृत्वको गठबन्धनबाट कमल शाहले राजीनामा दिएपछि सुदूरपश्चिममा नयाँ सरकार गठनको गृहकार्य भइरहेको छ । तर सत्ता गठबन्धनभित्रै रहेका दलहरुबीच मुख्यमन्त्रीबारे एकरुपता छैन । यसअघि नागरिक उन्मुक्तिलाई त्यहाँको मुख्मयन्त्री दिने निर्णय भएकोमा निर्णय परिवर्तन गर्दै एकीकृत समाजावादीलाई दिने निर्णय भएको थियो । तर नाउपामा रेशम र रञ्जिता पक्ष विभाजित छ । रेशमको पक्षमा प्रदेश संसदीय दलका नेता रहेको र यो पक्ष कांग्रेससँगको समीकरणमा रहेकाले सोडारीले समर्थन पाउनेमा अनिश्चितता छ ।

प्रकाशित मिति : बैशाख ५, २०८१ बुधबार  २ : ५९ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।