Logo

प्रमुख समाचार

सुदूरपश्चिममा दीर्घ सोडारीलाई एमालेले समर्थन गर्ने



धनगढी । सुदूरपश्चिममा नेकपा एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने भएको छ ।

यसअघि विकल्प खोज्न भनेको एमालेले सरकार दाबी गर्ने अन्तिम समयमा सर्मथन गर्ने भएपछि सोडारीले एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीका रन्जिता पक्षका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।

एमालेले सोडारीलाई समर्थन नगरेमा कांग्रेसको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारीमा सोडारी रहेका थिए ।

सोडारीले एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नाउपा रन्जिता पक्षका २ र एक स्वतन्त्र सांसद गरि २८ सांसदको समर्थनमा सरकार दाबि गर्दै छन् । प्रदेश प्रमुखले सरकार दाबी गर्न दिएको दुई दिनको समय आज साँझ ५ बजे सकिदैं छ ।

प्रकाशित मिति : बैशाख ६, २०८१ बिहीबार  ४ : ०८ बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।