Logo

प्रमुख समाचार

सुहाङ र रविले इलामको विकासलाई निकास दिन सक्दैनन् : अध्यक्ष विद्वान गुरुङ



इलाममा बैसाख १५ मा हुने उपनिर्वाचन सन्दर्भमा आयोजित तरुण भेलाको प्रमुख अतिथी नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले आज एक कार्यक्रमलाई सम्बोधन गर्दै तरुणहरुलाई निर्देशन दिएका छन् ।

अध्यक्ष गुरुङले उपनिर्वाचनमा नेपाली काङ्ग्रेसको उम्मेदवार डम्बर खड्कालाई जिताउन जिल्लामा खटिएको तरुणहरुसङ पछिल्लो अवस्थाको जानकारी लिए ।

जिल्ला अध्यक्ष नरेश श्रेस्ठले फ्लोर खुल्ला भएको जानकारी गराएपछी इलाम जिल्लाको वयालिस (४२ं) वडामा खटिएको तरुण संयोजकहरुले अध्यक्ष गुरुङलाई चुनावि परिणाम काङ्ग्रेसको उम्मेदवारको हकमा राम्रो नतिजा आउने कुरा जानकारी गराए । अध्यक्ष गुरुङले यदि नेपाली काङ्ग्रेसकै मत बाडिने सम्भावना रह्यो भने तरुण हरुले रोक्नुपर्ने बताए ।

अरु कुनै पनि पार्टी इलामको बिकासलाई निश्चित विन्दुमा पुर्याउन नसक्ने कुरा बताउदै डम्बर खड्कानै इलामको लागि उपयुक्त व्यक्ती भएको कुरा बताए ।

अध्यक्ष गुरुङले रबि लामिछानेको फाइल बन्द गराउन जिवि राइको हत्या हुनसक्नेमा आफूलाई शंका लागेको कुरा बताए । पार्टी भित्र अन्तर्घात हुने अवस्था देखिए त्यस्तो व्यक्तिलाइ बोरामा हालेर वारिका कान्लामा पुग्ने गरि फाल्दिएहुन्छ त्यस्को सम्पूर्ण जिम्मेवारी आफूले लिने गुरुङले बताए ।

इलाममा काङ्ग्रेसको जित सुनिस्चित गराउन तरुणहरुको भूमिका प्रभावकारी हुने कुरामा आफू विश्वस्त रहेको कुरा बताउदै बिजयको श्रेयपनी इलाम तरुणहरुले पाउने कुरा बताए ।

अध्यक्ष गुरुङले कुनै पनि तरुणहरुलाई केही पनि बहानामा चुनावी परिचालनमा कमि कमजोरीको छुट नभएको कुरा बताउदै विदेशमा बसेर आएको व्यक्तिलाइ बाबुको सम्पत्तिमा हक लाग्न सक्ने तर राजनीतिक विरासतको रुपमा जनताले अनुमोदन नगर्ने कुरा आगामी चुनावको मत परिणामबाट इलामको जनताले काङ्ग्रेसको रुख छापमा मत हालेर देखाइदिने कुरा बताए । तरुण हरुलाइइ मतदाताहरु सङ नम्र भएर बुढा पाकाहरुसङ मीठो बोलिले युवाहरु सङ रणनीति अपनाउदै चुनावी मैदानमा खटिन कडा निर्देशन दिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतक गोपाल तामाङ, प्रदेश सांसद खगेन सिंह हाङामले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा केन्द्रीय सदस्यहरुकोतर्फबाट नेपाल तरुण दल केन्द्रीय सदस्य निरज निरौलाले इलाममा डम्वर खड्काको विकल्प नभएको कुरा बताए।

प्रकाशित मिति : बैशाख ८, २०८१ शनिबार  ९ : ३४ बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।