काठमाडाैं । नेपाल तरुण दलको रवि भवनस्थित दलको आफ्नै भवन निर्माण गर्न महिला केन्द्रिय सदस्यहरुले सकृयता देखाएका छन ।
नेपाल तरुण दल केन्द्रीय सदस्य विन्दिया कार्की, मुना भुषाल, पुनम भट्ट भट्टराई ,स्मिता मोक्तान तामाङ, आस्था विन्दु मल्ल र दुर्गा लामिछानेले भवन निर्माणकाे लागि एक लाख रुपैयाँ रकम हस्तान्तरण गरेका छन् ।
यसअघि पनि महिला केन्द्रीय सदस्यहरु रीता परियार, अम्बिका बास्कोटा र रितु ग्याम्दान तामाङले भवन निर्माणको लागि आर्थिक सहयाेग गरिसकेका छन्। नेपाल तरुण दलको मिति २०८० चैत १५ र १६ गतेको केन्द्रीय समितिको बैठकले दलको आफ्नै जग्गा रहेको रवि भवनमा भवन निर्माण गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको थियाे ।
त्यही निर्णय अनुरुप लगातार सहयोग रकम आइरहेको तरुण दलका मुख्य सचिव ठानप्रसाद पोखरेलले जानकारी दिए । हालसम्म ५८ लाख १७ हजार १०२ रुपैयाँ रकम संकलन भएको मुख्य सचिव पोखरेलले जानकारी दिए ।
जेठ अन्तिम साताबाट भवन निर्माणकाे कार्य अघि बढ्ने जनाइएकाे छ ।




















प्रतिक्रिया