Logo

जनप्रतिनिधि

२६ वैशाखमा चन्द्रागिरि नगरपालिकाले दियो सार्वजनिक बिदा



काठमाडौं । मातातीर्थ औंशीको अवसरमा वैशाख २६ गते चन्द्रागिरि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

चन्द्रागिरि नगर कार्यपालिकाको बैठकले उक्त दिन नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मातातीर्थ औंशीका अवसरमा हरेक वर्ष चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानस्थित मातातीर्थ कुण्डमा विशेष मेला लाग्नेगर्छ। त्यसैले दर्शनार्थीहरूलाई सहजहोस् भन्ने उद्देश्यका साथ बिदा दिइएको नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार १६:५०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।