Logo

उद्योग

उद्योग र कर्मचारीमाथि दिनदाहाडै भएको आक्रमण अत्यन्तै निन्दनीय छ : चौधरी ग्रुप



भैंसेपाटीस्थित सीजी फुड्स पार्कमा भएको आक्रमणलाई लिएर चौधरी ग्रुप भर्त्सना गरेको छ । चौधरी ग्रुपले उक्त घटनालाई अत्यन्तै निन्दनीय भनेको छ । आज अपरान्ह ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएका अज्ञात समूहले सीजी फूड पार्कमा आक्रमण गरेका थिए ।

‘उद्योगमाथि दिनदाहाडै भएको उक्त आक्रमण अत्यन्तै निन्दनीय छ । यस घटनाको हामी भर्त्सना गर्दछौँ । यस घटनाले देशको औद्योगिक वातावरणलाई अत्यन्तै नराम्रो असर पुऱ्याउन सक्नेतर्फ सचेत रहन हामी सम्वन्धित सबै निकायको ध्यानाकर्षण गराउँदछौं,’– चौधरी ग्रुपले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले फुड्स पार्कमा कार्यरत कर्मचारीमाथि पनि हातपात गर्नुका साथै भौतिक सम्पत्तीमाथि तोडफोड गरेको चौधरी ग्रुपले जनाएको छ । घट्नालगत्तै भैंसेपाटी प्रहरी प्रभागले संलग्न २२ जनालाई गिरफ्तार गरेको छ ।

उक्त घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कार्वाही गर्न चौधरी ग्रुपले सरकारसमक्ष अनुरोध गरेको छ । साथै, चौधरी ग्रुपले भविष्यमा यस्ता घटना घट्न नदिन र औद्योगिक वातावरण कायम राख्नका लागि तत्काल पहल गर्न पनि सरकारको ध्यानाकार्षण गराएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार ०९:१४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।