काठमाडौं । प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा ३९ करोड १४ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको ११ करोड ६१ लाख रुपैयाँको तुलनामा २३७.१८ प्रतिशतले बढी हो ।
खुद बिमा शुल्क आम्दानीका साथै लगानी तथा कर्जाबाट हुने आम्दानी सुधार भएपछि खुद नाफामा आकर्षक वृद्धि भएको हो । यसअवधिमा खुद बिमा शुल्क आम्दानी २१.५४ प्रतिशतले बढेर ४६ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।
तेस्तै, लगानी तथा कर्जाबाट आम्दानी पनि ४८.३० प्रतिशतले बढेर ११ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया