Logo

अर्थ

प्रभु इन्स्योरेन्सको मुनाफा २३७ प्रतिशतले बढ्यो



काठमाडौं । प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा ३९ करोड १४ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको ११ करोड ६१ लाख रुपैयाँको तुलनामा २३७.१८ प्रतिशतले बढी हो ।

खुद बिमा शुल्क आम्दानीका साथै लगानी तथा कर्जाबाट हुने आम्दानी सुधार भएपछि खुद नाफामा आकर्षक वृद्धि भएको हो । यसअवधिमा खुद बिमा शुल्क आम्दानी २१.५४ प्रतिशतले बढेर ४६ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

तेस्तै, लगानी तथा कर्जाबाट आम्दानी पनि ४८.३० प्रतिशतले बढेर ११ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार १३:५६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।