काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडलेले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ४ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
यो गत वर्षको यसैअवधिको तुलनामा ६८.४९ प्रतिशतले कम हो । यस संस्थाले गत वर्ष १४ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
संस्थाको इम्पेयरमेन्ट चार्ज ४ करोड ५ लाख पुगेको छ । यता, खुद ब्याज आम्दानी पनि करिब ३० प्रतिशतले घटेर १९ करोड ४६ लाख कायम भएको छ । जसकारण नाफामा असर परेको हो । हाल यस संस्थाको चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँको रहेको छ ।
यसको जगेडा कोषमा २३ करोड २७ लाख रुपैयाँ जम्मा छ । यसअवधिसम्म आइपुग्दा यो लघुवित्तको प्रतिसेयर आम्दानी १८.०७ रुपैयाँ रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ३९५.०१ रुपैयाँ देखिएको छ । संस्थाको एनपीएल ८.८८ प्रतिशत विन्दुबाट बढेर १२.५८ प्रतिशत विन्दुमा पुगेको छ ।




















प्रतिक्रिया