Logo

प्रमुख समाचार

आज संसदमा मुठभेडको संकेत, सदनमै भिड्ने कांग्रेस-एमालेको तयारी



काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे गरी बोलाइएको छ। त्यस्तै राष्ट्रिय सभाको बैठक एक बजे बस्ने कार्यसूची छ। आजको बैठक पनि कांग्रेसले चल्न नदिने चेतावनी दिएको छ।

एमालेले पनि कांग्रेसले बलमिच्याई गरेको भन्दै प्रतिवाद गर्ने चेतावनी दिएको छ। आजको संसदमा मुठभेडको संकेत देखिएको छ। कांग्रेसले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरे नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने र राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची थियो। तर विषयमा प्रवेश गर्न नपाउँदै कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै अवरोध गरे। जसका कारण राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव नै सदनमा पेस हुन सकेन।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि सरकारले संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको कांग्रेस त्यसका अलावा गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको संलग्नता देखिएको बताउन थालेको छ। आफूविरुद्ध आछेप लगाउन थालेको भन्दै ओलीले कांग्रेसले कमिशन खाएर ७० विघाहा जमिन बेच्न दिएको आरोप लगाएका छन्। उनले आफ्ना सांसदलाई कांग्रेसको मिथ्या आरोपप्रति संसदमा सशक्त प्रतिवाद गर्न सांसदहरुलाई चेतावनी दिएका छन्।

यता​ रास्वपाका सभापति रवि लामिछाने भने आफूले संसदमा बोल्न पाउनुपर्ने अडान राखिरहेका छन्। कांग्रेस सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म रविलाई बोल्न नदिने अडानमा छ। सत्तारुढ दल र प्रमुख प्रतिपक्षको अडानले दुई महिनादेखि संसद बन्धक बनेको छ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार ०८:२६   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।